Saturday, June 6, 2009

ग्यारेजको ढोका

हतारका कारण कम्पनी मालिक आफ्नो प्यान्टको फस्नर लगाउन विर्सेर यत्तिकैमा अफिस पुगेछन्।
सेक्रेटरी : (नजिकै पुगेर सुटुक्क) सर आज अफिस आउने बेलामा ग्यारेजको ढोका लगाए नलगाएको राम्ररी चेक गर्नुभो त?
आफ्नो सेक्रेटरीको कुरा बुझन नसकी मालिक अचम्मीत हुँदै आफ्नो अफिस भित्र छिरेछन्। केही समय काम गर्दै गर्ने क्रममा उसले आफ्फस्नर खुला रहेको देखेछन् र हतारमा फस्नर लगाएछन् । अनि बल्ल सेक्रेटरीले भनेको कुरा बुझेर चिया माग्ने निहुँले सेक्रेटरीकोमा गएछन् र सोधेछन्
मालिक : जब तिमिले ग्यारेज खुला देख्यौ के तिमिले त्यहाँ पार्क गरी राखेको मेरो ठूलो बस पनि देख्यौ?
सेक्रेटरी : (युवती अलि लजाउँदै) नाई सर मैले त दूइटा ठूला टायर भएको एउटा सानो कार मात्रै देखें।

No comments:

Post a Comment